Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका सातदोबाटोमा बाटो काट्नेक्रममा ट्रकको ठक्करबाट काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहालको मृत्यु भएको हो ।

दाहाललाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ठक्करपछि गम्भीर घाइते भएकी उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो।

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077