Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदल बैठक जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश(टीओआर)लाई अन्तिम रूप दिन कार्यदलको बैठक सुरु भएको छ।

बालुवाटारमा सोमबार प्रमुख दलबीच भएको सहमतिअनुसार अन्तिम रुप दिन कानुन मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो।

कार्यदल बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रमा प्रमुख सचेतक हितराज पाण्डे छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन्। अहिले बसिरहेको बैठकले कार्यादेशलाई अन्तिम रूप दिने र मंगलबारबाटै संसदको गतिरोध अन्त्य हुनेछ।

एक साताअघि नै संसदीय छानबिन समिति गठनबारे सैद्धान्तिक सहमति जुटे पनि कार्यादेशमा कुरा मिलेको थिएन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्तत : व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने सोमबार दलहरूबीच भएको सहमति अनुमोदन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077