Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मन्थली नगरपालिका ६ कुनौरि बस्ने विजय घिसिङको मृत्यु भएको हो ।

सानेपाको स्टार अस्पताल अगाडि मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनको स्टार अस्पतालमा उपचारको क्रममा बिहान साढे ७ बजे मृत्यु भएको हो। त्यस्तै ३७ वर्षीय सञ्जयकुमार घिसिङ घाइते छन्।

उनको उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ। दुई जनामध्ये को चालक थिए भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077