Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ ।

ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077