Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेनी जाँदै गरेको बस नालामा खस्यो, ८ जना घाइते

काठमाडौं । कास्कीमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं.को बस बिहान करिब पौने ४ बजे को अन्नपूर्ण गाउँपालिका-१, लेवाडेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १३ जना सवार उक्त बसका चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077