Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिबियामा तैनाथ शान्ति सैनिकको अदलीबदली

काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना)को पाँचौं डफ्फालाई बदली गरिएको हो ।

पाँचौं डफ्फालाई श्री भगवती प्रसाद गुल्म (स्पेशल गार्ड युनिट)को छैटौं डफ्फाले बदली गरिएको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ ।

सेनानी रमेशकुमार बञ्जराको नेतृत्वमा ५७ जनाको टोली लिविया प्रस्थान गरेको छ ।

यसैगरी उक्त मिसनमा तैनाथ पाँचौं डफ्फाका ५८ जना शान्ति सैनिकहरु प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा बुधबार स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077