Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोस्रो वार्मअप खेल : अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्दैछ ।

बिहीबार डल्लासमा हुन लागेको टस जितेर अमेरिकाले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

नेपालले यसअघि पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो ।

नेपालले जुन ४ मा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । घरेलु टोली अमेरिकाले भने विश्वकपको उद्घाटन खेलमा क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077