एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् ।
भारतमा जुन १ (भोलि) मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा उनले ४५ घण्टे ‘ध्यान’ थालेका हुन् ।
बिहीबार साँझ त्यहाँ पुगेर उनले सुरुमा भगवती अम्मान मन्दिरमा प्रार्थना गरेका थिए । उनले बिहीबार बेलुकादेखि शनिबार साँझसम्म ध्यान मण्डपमा ध्यान गर्ने जनाइएको छ ।
उक्त स्थानमा हिन्दु दार्शनिक विवेकानन्दले दैवी शक्ति पाएको मानिने गरेको छ ।