Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठमेलमा अनैतिक क्रियाकलाप गर्ने ९ विदेशीसहित १५ महिला पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन् ।

ठमेलस्थित सडक क्षेत्रमै रातको समयमा पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौर प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077