Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

ललितपुरको किष्ट अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो।

उनको पनि उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077