Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीतर्फ राइफल ताक्ने बेलायती राजदूत बर्खास्त

एजेन्सी । ठट्टा गरेर कर्मचारीहरुतर्फ राइफल ताक्ने एक बेलायती राजदूत बर्खास्त भएका छन् ।

मेक्सिकोको लागि राजदूत भएका बेलायती कूटनीतिज्ञ जोन बेन्जामिन बर्खास्त भएका हुन् ।

गत अप्रिलमा भएको घटना सामाजिक सञ्जालमा धेरै भाइरल भएको थियो । बेन्जामिन करियर डिप्लोम्याट हुन् ।

उनको उत्तरी मेक्सिकोको प्रान्त दुराङ्गोको यात्राका क्रममा उक्त भिडियो खिचिएको बताइएको छ ।

बेलायत सरकारले उनलाई बर्खास्त गरेको सार्वजनिक गरेको छैन।

तर सरकारी वेबसाइटमा उनी सन् २०२१ देखि २०२४ सम्म मेक्सिकोको राजदूत थिए भनेर लेखेपछि यो कुरा सतहमा आएको हो ।

मेक्सिकोको राजदूत हुनुअगाडि उनले चिली, घाना, टर्किए, इण्डोनेसिया र अमेरिकामा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077