Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सञ्चालनमा आयो कान्ति लोकपथ

काठमाडौं । कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सञ्चालनमा आएको छ।

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि कान्तिलोकपथमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो।

कान्तिलोकपथ आयोजनाले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जनाएको छ।

ललितपुरतर्फ सिंगल लेन भएको केही ठाउँमा यस आर्थिक वर्षमा बजेट नपुग भएकाले कटिङको काम सम्पन्न हुन बाँकी रहेको छ।

वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मत सम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले काल्चे खण्डको सडक भत्किएपछि वैशाख २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको थियो।

काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ।

विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077