Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेसको निर्णय

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको बैठकले कोशी प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ।

कांग्रेसले पत्रकार सम्मेलन गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।

दलका नेता उद्धव थापाले जारी गरेको विज्ञप्तिमा सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने नेपाली कांगेस कोशी प्रदेश संसदीय प्रस्तुत गर्दै आएको धारणा यथावत् रहेको उल्लेख छ ।

यद्यपि अदालती प्रक्रियाबाट उक्त मुद्दा टुङ्ग्याउन अनिश्चित समय लाग्ने देखिएको तर यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवम् बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077