Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी सरकारद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख अमिक शेरचनले सेवाग्राहीमैत्री सूचना प्रविधि लगायतका शासकीय सुधार र सुशासन सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश राजधानी सहरको विकास तथा निर्माण, एकिकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने पनि नीति कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति निर्माण, समन्वय, सहकार्य र साझा सवालका सम्बन्धमा ‘मुख्यमन्त्री स्थानीय तह प्रमुख (सिएम–मेयर डायल)’ कार्यक्रम पनि सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै स्थानीय तहसँगको साझेदारीमा सञ्चालित ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम’लाई आवश्यक परिमार्जनसहित निरन्तरता दिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077