Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लोक सभा निर्वाचनको मतगणना जारी, वाराणसीमा नरेन्द्र मोदी परे पछि

एजेन्सी । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना सुरु भएको छ ।

पूर्वनिर्धारित समय अनुसार आज बिहानदेखि मत गणना सुरु भएको हो ।

उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पछि परेका छन्।

भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेका मोदी मतगणनामा पछि परेका हुन्।

त्यहाँ कंग्रेसका अजय रायले प्रधानमन्त्री मोदीलाई पछि पारेका हुन्।

मोदी करिब ४ हजार भोटले पछि परेका छन्। यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्।

सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077