Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली जेल बसेको कुरामा मजाक नगर्न मेयर बालेनलाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली जेल बसेको कुरामा मजाक नगर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । मेयर बालेनले संयमता गुमाउँदै गएको र आशा गरेका युवालाई धोका दिन उद्धत रहेको सचिव भट्टराईले आरोप लगाए ।

सचिव भट्टराईले भने,‘काठमाडौं महानगर र सडक विभागको विवादको दोष एमाले र अध्यक्ष ओलीलाई लगाउनुभयो । निर्वाचित भएलगत्तै ओलीले बालेनलाई तबेला दिनुभएको थियो । किन ड्रम बजाउन दिनुभएन, तबेलाको धुनअनुसार काम गर्नुस् भन्नका लागि हो, तबेला भनेको संयमता हो । बालेनले संयमता गुमाउँदै जानुभएको छ।’

मेयर बालेनको विरोध गर्दा उनको साइबर सेनाले हमला गर्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरूले गलत कुरालाई विरोध गर्ने उनले बताए ।

सचिव भट्टराईले कहाँको रिस ल्याएर एमाले र अध्यक्ष ओलीमाथि पोख्दै हुनुहुन्छ भन्दै मेयर बालेनलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077