Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

संसदमा सुहाङको पहिलो सम्बोधन, भने - बजेट हेर्दा ‘घुमीफिरी रुम्जाटार’ जस्तो देखियो

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मंगलबार संसदमा पहिलोपटक सम्बोधन गरेका छन्।

वैशाख १५ को उपनिर्वाचनबाट प्रतिनिधि सभामा आएका सुहाङले आज पहिलोपटक संसदमा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा सुहाङले आफू नयाँ सांसद र युवा पनि भएकाले जनताहरूको आशा र अपेक्षा अझ बढी प्रकट भएको बताए ।

सुहाङले भने,'जनताहरूको आशा, अपेक्षा, माग र आक्रोश भर्खरै सुनेर आएको छु । म अलि युवा पनि छु । युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्याहरूलाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, माग र समस्या सम्बोधनका लागि यो बजेट पर्याप्त छ वा छैन ? हाम्रो सामु धेरै प्रश्नहरू छन् ।’

बजेट सुन्दा ‘अब देश बन्छ’ भन्ने लाग्ने तर फेरि एक वर्षपछि परिणाम हेर्दै गर्दा ‘घुमी फिरी रुम्जाटार’ जस्तो देखिने भन्दै सुहाङले कार्यान्वयनको समस्या केलाउन आग्रह गरे ।

मंगलबार बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्नका लागि ५ मिनेटको समय पाएका सुहाङ बुवा सुवासलाई सम्झेर भावुक बनेका थिए ।

बुवा सुवास लोकतन्त्रका अटल हिमायती रहेको र एकताबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित रहेको उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077