Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमरेशविरुद्ध आरजुले दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गालीगलौज मुद्दा काठमाडौं जिल्ला अदालतले मेलमिलापमा पठाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार सो मुद्दालाई मेलमिलापमा पठाउन आदेश गरेको हो ।

राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् ।

सिंहले २०८० जेठमाराणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएका थिए ।

सिंहले राणा भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

जिल्लाले मेलमिलापलागि पठाउने आदेश गरेपछि दुवै पक्षले आपसमा छलफल गरी मिल्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077