Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बानेश्वरमा संसदीय छानबिन समितिको बैठक जारी

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।

गत जेठ १५ गते गठन भएको समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन्।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077