Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले बजेट हाम्रो होइन भनिसक्यो, हामीले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक ऐनमार्फत करका दरमा गरेका हेरफेरले सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेले स्वामित्व नलिने संकेत देखाएको बताए ।

महामन्त्री थापाले भने,‘यो गठबन्धनको मुख्य घटक नेकपा एमालेका जर्साबहरु, कर्साबहरुले यहाँ आएर के भन्नुभयो भन्ने बारेमा मेरो केही टिप्पणी छैन । तर यसको प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन । यो बजेटसँग हाम्रो रङ मिल्दैन भनिसकेपछाडि यसको स्वामित्व कसले कसरी लिन्छ भन्ने बारेमा धेरै अलमल रहेन।’

बजेटमा अर्थमन्त्री वर्षमान पुनले गरेका अनुमान मिलेन भने त्यतिबेला एमालेले ठीक थिएन भनेकै थियौं नि भनेर पन्छिने जोखिम रहेको महामन्त्री थापाले बताए ।

बजेटमाथि टिप्पणी गर्न अलमल भएको भन्दै कांग्रेस महामन्त्री थापाले धेरै आलोचना गर्दा पछि आफैंले जिम्मा लिने अवस्था पनि आउन सक्ने भन्दै ब्यंग्य गरे।

अर्थमन्त्रीले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यसको आधार नभेटिएको थापाले बताए । विकास साझेदारहरुले ४ ४.५ प्रतिशत भनिरहेको ठाउँमा ६ प्रतिशत दाबी अस्वाभाविक भएको महामन्त्री थापाको भनाइ छ ।

राजश्व संकलनको लक्ष्य पनि चुनौतीपूर्ण रहेको भन्दै उनले प्रशासनिक सुधार गरेको आधारमा मात्रै अहिलेको भन्दा १ खर्ब राजस्व संकलन बढ्नेमा आशावादी हुन नसकिने बताए ।

विदेशी सहायता र अनुदानको लक्ष्य पनि हासिल नहुने भन्दै उनले ऋण परिचालनको के योजना छ भन्नेबारे अर्थमन्त्रीको जवाफ मागे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077