Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो सरकार !

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् ।

बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए ।

जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए ।

आज विश्वासको मत नलिए उनी स्वतः पदमुक्त हुने थिए । योसँगै यादव नेतृत्वको सरकार ढलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077