काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ६४ रन बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ६६ रन बनाए । यस्तै डेबिड वार्नरले ५६ रन बनाए ।
ओमानका लागि मेहरान खानले दुई विकेट तथा बिलाल खान र कलीमुल्लाहले समान एक विकेट लिए ।
यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् ।