जनकपुरधाम । जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेस प्रदेशमा मुख्यमन्त्री बन्ने भएका छन्।
जनमत पार्टीले सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका सिंहलाई मुख्यमन्त्री बनाउन लागेको हो ।
सिंह जनमत पार्टीका अध्यक्ष सीके राउतको संसदीय क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुन् ।
जनमत पार्टीले सरकारको नेतृत्व गर्ने विषयमा यसअघि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भइसकेको छ ।
बुधवार राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई शुक्रबार बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।
यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार पदमुक्त भएका थिए ।
बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन असमर्थ भएपछि उनी मदमुक्त भएका हुन् ।
प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।