Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका १० भातेढिकुरस्थित पेट्रोल पम्प नजिकैबाट ६९ लाख ५ हजार रूपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा।२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077