Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान पुनः सुरू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण पुनः सुरू भएको छ।

विमानस्थलको धावनमार्ग चर्किएपछि पछि बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरूद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

'धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए। अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन्,' उनले भने।

यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा (क्य्राक) चिरा देखिएपछि उडान अवरूद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077