Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : पाकिस्तानले अमेरिकालाई दियो १६० रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ ।

बिहीबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको हो ।

पाकिस्तानबाट कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए ।

अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए ।

प्रतियोगितामा अमेरिकाको दोस्रो खेल हो भने पाकिस्तानको पहिलो खेल हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077