Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : पाकिस्तानमाथि अमेरिकाको सनसनीपूर्ण जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।

डालासको ग्रान्ड पिएरे मैदानमा गएराति भएको खेलमा उपाधि दावेदार टेस्ट टोली पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो ।

यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

लगातार दोस्रो जितेपछि अमेरिकाको सुपर-८ सम्भावना बलियो भएको छ।

पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर-८ मा पुग्न दबाब पुगेको छ।‌ अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077