Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : नामिबियालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले पहिलो जित निकालेको छ ।

समूह ‘बी’ अन्तर्गत ब्राइटनमा भएको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले हराएको हो ।

यसअघि वर्षाले प्रभावित बनाएको पहिलो खेलमा भने स्कटल्यान्ड र इंग्ल्यान्डले अंक बाँडेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
१ सय ५६ रनको लक्ष्य लिएर मैदान उत्रिएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

जितसँगै समूहमा ३ अंकका साथ स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया २ अंकका साथ दोस्रो र नामिबिया तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड चौंथो र ओमान पाँचौं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077