Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध एसोसिएट क्यानडाको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक जित हात पारेको छ ।

गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले हराएको हो । एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । उसका निकोलस किर्टोन अर्धशतक बनाउन एक रनले चुके । उनले ४९ रन बनाए ।

त्यस्तै श्रेयस मोभ्भाले ३७ रन जोडे । आयरल्यान्डका क्रेग योङ र ब्यारी माक्कार्थीले समान दुई तथा मार्क अडेर र गेराथ डेलानीले एक/एक विकेट लिए ।

जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका मार्क अडेरले सर्वाधिक ३४ रन बनाए ।

क्यानडाका जेरेमी गोर्डन र डिलोन हेलिगरले समान दुई तथा जुनेद सिद्दिकी र साद विन जफरले एकरएक विकेट लिए ।

क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो । आयरल्यान्डले यसअघि भारतसँग आठ विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077