Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : न्युजिल्याण्डलाई अफगानिस्तानले दियो १६० रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १६० रनको लक्ष्य दिएको छ ।

प्रोभिडेन्समा जारी खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो ।

अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो ।

अफगानिस्तान लागतार दोस्रो जितको खोजीमा छ भने न्युजिल्याण्ड पनि पहिलो खेलमै जित निकाल्दै विश्वकप २०२४ को यात्रा सुरु गर्ने लक्ष्यमा छ ।

समूह 'सी' मा अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077