Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थल पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिए ।

उनले भने, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ ।”

प्रमुख निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्वि आयोजना अन्तर्गत हाल धावनमार्गका दुवैतर्फको विन्दुतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077