Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो संकटकालीन उद्धार अभ्यास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज संकटकालीन नमूना अभ्यास गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले संकटकालीन योजनाअनुसार गरिने विभिन्न नमूना अभ्यास गरेको हो।

सो क्रममा जहाज दुर्घटनामा परेका खण्डमा कसरी उद्धार गर्नेजस्ता अभ्यास गरिएको थियो।

संकटका अवस्थामा सहभागी हुने निकायबीच सहयोग अभिवृद्धि गर्न र दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउन यो अभ्यास गरिएको हो।

यो अभ्यास गर्दा विमानस्थल सोमबार दिउँसो १ बजेदेखि १स्३० बजेसम्म जहाज उडान र अवतरणलगायत काम प्रभावित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077