Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले भने - गण्डकीमा 'फ्लोर क्रस' गर्नेमाथि कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गण्डकी प्रदेशमा 'फ्लोर क्रस' गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

भारत भ्रमणबाट सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

'संविधानको मर्मविपरीत ह्वीप तोड्नेलाई कारबाही हुन्छ। कारबाही प्रक्रिया अगाडि बढ्छ। निलम्बन हुन्छ,' सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने।

माओवादीको चुनाव चिन्हबाट विजयी भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सोमबार फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077