Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

एजेन्सी । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त भएको छ ।

सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। सुखोई–३४ जेट 'पाहाडी क्षेत्रमा' दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए ।

फब्रअरी २०२२ मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077