Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चोरी गरेको आरोपमा ललितपुरबाट पाँच जना पक्राउ

काठमाडौं । ललितपुरमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौं-२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्‍द्रे, रामेछाप घर भई स्वयम्भू बस्ने ३७ वर्षीय सुजनकुमार सुनुवार, नुवाकोट घर भई शेषमति बस्ने ४० वर्षीय कुमार रानामगर, दोलखा घर भई थली बस्ने ४० वर्षीय वीरबहादुर श्रेष्ठ र असन बस्ने ४२ वर्षीय सुनिल श्रेष्ठ छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १८ ऐतिहासिक ढुंगेधारामार्गस्थित सिर्जना वैद्यको घरमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जेठ २ गते उनको घरमा चोरी भएको थियो। घरबाट ०.७५ मिलिग्रामको मुद्रा, अमेरिकन डलर र कम्बोडियन डलर चोरी भएको थियो।

त्यस्तै रियलमीको मोबाइल र ६ तोला ७० लालको सुनको ढिक्का पनि चोरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077