Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपराष्ट्रपति यादवले पाए राष्ट्रपतिको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार जेनेभा प्रस्थान गरेपछि उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी तोकिएको हो ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिले गर्नेछन् ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077