Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने बताए।

यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको सांसद पन्तले बताए ।

सांसद पन्तले भने,'नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’

पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ।

सांसद पन्तले अख्तियारले लेखेको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077