Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै डेटा सेन्टर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेटा सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले भविष्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारका अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तल्ले भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् ।

पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष छन् भने सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर रहेका प्राधिकरणले जनाएको छ । डेटा सेन्टरका लागि तोकिएको टियर-३ अन्तर्राष्ट्रिय मापदण्डमा रहेर डेटा सेन्टर निर्माण गरिएको छ ।

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडलको डेटा सेन्टर नेपालमै पहिलो रहेकाे दाबी गरेकाे छ।

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटाहरु एकीकृत भण्डार गरी क्रमश: राखिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077