Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय हाँडीगाउँमा बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिले तयार गरेको राजनीतिक कार्यपत्र र प्रतिवेदन पेश हुनेछ । यसअघि बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रतिवेदन तयार पारेको थियो ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र र संगठनसम्बन्धी महामन्त्री राजाराम बर्तौलाको प्रतिवेदन पेश हुनेछ ।

यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईँको भ्रष्टाचार निवारण नागरिक आयोगसम्बन्धी अवधारणापत्र पनि पेश हुने छ । राप्रपा नेपालका अनसार बैठक शुक्रबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077