काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारको जुन तहको तयारी हुनुपर्ने थियो त्यो नभएको उल्लेख गरे।
सांसद भट्टराईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएपनि बजेट कम दिइएको बताए।
सांसद भट्टराईले भने,‘प्राधिकरण बजेट पनि कम छ। दक्ष जनशक्ति पनि छैनन्।हामीसँग आधुनिक साधन छैनन्, जसले समयमै उद्धार हामीले गर्न सकेका छैनौं, सरकारले गर्न सकेको छैन,राज्यले यथोचित इफोर्ट लगाउन सकेको छैन। सीमिति स्रोत र साधनका बीच नेपाली सेना,सशस्त्र प्रहरी, प्रहरीले जोखिम रुपमा उद्धार गरिरहनुभएको छ।’
सांसद भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने र त्यसको असर आम मानिसहरूमा परिरहेको बताए ।
विपद् पूर्वतयारीबारे सरकारको तयारी सन्तोषजनक नदेखिएको पनि सांसद भट्टराईको भनाइ थियो । विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको पनि उनको भनाइ थियो ।