Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सांसद शान्ति परियार भन्छिन् - सहकारी ठगीबारे प्रहरीले सर्वोच्चमा पठाएको जवाफ पत्याउन सकिन्न

काठमाडौं । नेपाली कांग्रेस सांसद शान्ति परियार (विक)ले सहकारी पीडितको उजुरी अभिलेखमा नभेटिएको भन्ने कास्की प्रहरीको जवाफ पत्याउन नसकिने बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएकी हुन् ।

उनले सहकारी ठगीबारे कास्की प्रहरीमा पीडितले दिएको उजुरीबारे प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफले थप प्रश्न उठाएको बताईन् ।

दर्ता नम्बर उल्लेख हुँदा पनि प्रहरीले उक्त उजुरी अभिलेखमा नभेटिएको भन्ने प्रहरीको जवाफले आशंका उत्पन्न भएको सांसद परियारको भनाई छ ।

सरकारले चाहेर पनि सहकारी ठगीमा संलग्न जीबी राईलाई नेपाल ल्याउन सक्छ त भन्ने प्रश्न पनि उठेको उनले बताईन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को सहकारीबाट गोर्खा मिडिया ग्रुपमा ठूलो रकम गएको पनि सांसद परियारको भनाई छ ।

चितवन क्षेत्र नम्बर २ गृहमन्त्री रवि लामिछानेले बिना लगानी निर्वाचन जितेर आएको उनले बताईन् ।

चितवन क्षेत्र नम्बर २ बाट ५० करोड ९९ लाख ९ हजार ३ सय ८ रुपैयाँ बिना धितो नियम विपरीत गोर्खा मिडिया जीबी ग्रुप अफ कम्पनीमा गएको सांसद परियारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077