Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले घर बगाउँदा निद्रामा भएका उनीहरूको मृत्यु भएको हो ।

फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077