Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जावलाखेलमा बेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

काठमाडौं । ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतिको मृत्यु भएको छ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको हो ।

शुक्रबार राति जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने सेन्चुरी दम्पती अर्ध बेहोस भेटिएका थिए। उनीहरूको मृत्यु के कारणले भएको खुलिसकेको छैन।

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077