Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो 'दलित दशक' घोषणा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दलित दशक घोषणा गरेको छ ।

सरकारले २०८१ देखि २०९० सम्मको दशकलाई दलित अधिकार दशक घोषणा गरेको हो ।

शनिवार प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सो अवधिमा दलितको राजनीतिक सामाजिक र आर्थिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने जानकारी दिए ।

सो अवधिमा दलित अधिकार समिति गठन गरी दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकरण गर्न दलित सशक्तिकरण विकास कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077