Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलबाट ८९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको छ।

प्रहरीले अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍।

थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077