काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिबद्धता विपरीत बजेट आएको आरोप लगाएका छन् ।
संसदमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
सांसद भट्टराईले तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता विपरीत साना साना आयोजना राखेर ल्याउँदा कुनै प्रतिफल नआउने धारणा राखे ।
तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापीत गर्न सकने परिणाममुखी ढंगले बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए ।
सांसद भट्टराईले बजेट निर्माणको प्रक्रियामा पुरानै ढाँचा अवलम्वन गरिएकाको बताए। सांसद भट्टराईले बजेट निर्माणको प्रक्रिया पुरानै ढाँचाबाट नभएर यसमाठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको बताए।उ
नले पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा जोड दिए। सांसद भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव दिए ।