Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीलंकाकासँग नेदरल्याण्ड्स ८३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो अन्तिम खेलमा श्रीलंकाले जीत निकालेको छ ।

श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद् अन्त्य गरेको हो ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६.४ ओभरमा ११८ रनमै आउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र कप्तान स्कट एडवार्ड्सले ३१/३१ रन बनाउन बाहेक अरु ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

म्याक्स ओडाउड र सिब्रांड इगल्ब्रेटले ११/११ र आर्यन दत्तले १० रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका नुवान तुषाराले ३, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले २/२ र महेश थीक्षण र दासुन शानकाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

नेदरल्याण्डसका लोगन भान विकले दुई, भिभियन किंग्मा, आर्यन दत्त, पाउल भान मिर्केन र टिम प्रिन्गलले एक/एक विकेट लिए ।

यो खेलसँगै श्रीलंका समूह चरणमा तीन अंक जोडेर तेस्रो स्थानमा रहँदै घर फर्किने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077