Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् टी–२० विश्वकप २०२४ को सुपर ८ मा पुग्ने टोलीहरु

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर ८ को समिकरण पुरा भएको छ ।

सुपर ८ को ग्रुप'१' मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप'२' मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

समूह 'ए'बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

समूह 'बी' बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो ।

इंग्ल्यान्डले नेटरनरेटमा स्कटल्यान्डलाई पछि पारेको थियो । समूह 'सी' मा अफगानिस्तान र वेष्टइण्डिजको ६–६ अंक छ ।

यी दुई टोलीबीच अन्तिम खेल मंगलबार हुनेछ । समूह डी मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहदै सुपर–८ मा पुग्यो । नेपाल भने समूह 'डी' मा ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077