Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

अक्षय कुमार स्टारर 'वेलकम ३' को रिलिज पछि सर्‍यो

एजेन्सी । अक्षय कुमारको फिल्म (वेलकम ३) 'वेलकम टू द जंगल' यो वर्षको अन्त्यमा रिलिज नहुने भएको छ ।

वेलकम ३ अर्को वर्ष मात्र सिनेमा घरमा हेर्न पाइनेछ । चलचित्रलाई डिसेम्बर २० मा रिलिज गर्ने तयारी गरिएको थियो ।

उता, चलचित्र ‘सितारे जमिन पर’ को सुटिङ सकिएको छ । यो चलचित्र क्रिसमसमा रिलिज गर्न लागिएको छ ।

सितारे जमिन परसँग चलचित्रलाई नजुधाउन वेलकम ३ को रिलिज मितिमा परिवर्तन गरिएको हो ।

सितारे जमिन परमा आमिर खानसँग जेनेलिया डिसुजा देखिँदैछिन् ।

त्यस्तै, वेलकम ३ मा अक्षय कुमारसहित सुनील शेट्टी, अरशद वारसी, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपूर, श्रेयस तलपडे, रवीना टन्डन, लारा दत्त, ज्याकलिन फर्नान्डिस, दिशा पटानीजस्ता कलारहरुको अभिनय रहेको छ ।

वेलकम ३ शृङ्खलाको पहिलो दुई फिल्म रिलिज भइसकेका छन् । सन् २००७ मा वेलकम र २०१५ मा वेलकम ब्याक रिलिज भएको थियो ।

यस चलचित्रलाई अनीस बाज्मीले निर्देशन र फिरोज नाडियाडवालाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077