Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृहमन्त्रीलाई कांग्रेस सांसद थानीको प्रश्न – गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोल्ने तागत छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद थानीले यस्तो चुनौती दिएका हुन् ।

सांसद थानीले भने,' तपाईं कसलाई धम्क्याइरहनु भएको छ ? कांग्रेसलाई होला भन्ने बुझ्न सक्छु । गिरीबन्धुको छानबिन गर्न सिंहको जस्तो मुटु छ ? क्यान्टोनमेन्टको घोटाला छानबिन गर्न सक्नु हुन्छ ?’

सांसद थानीले गृहमन्त्री लामिछानेलाई गिरीबन्धु टी स्टेट र माओवादी लडाकूको नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिए।

उनले फाइल खोल्छु भनेर कांग्रेसलाई नधम्क्याउन समेत चेतावनी दिएका छन् ।

सांसद थानीले सहकारी ठगीमा मुछिएका लामिछानेका पूर्व पार्टनर जीबी राईलाई पक्राउ नगर्नुको कारण मागे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077